स्वास्थ्य मन्त्रालयकाे अपिल : ‘केही दिन मर्निङवाकमा नजाऔँ, फाेहर नजलाऔँ’

 चैत १३, २०७७ शुक्रबार १९:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सतर्कता अपनाउन अपिल गरेको छ । 

शुक्रवार काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मार्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको भने अहिलेलाई त्यो अवस्था रोक्न अपिल गरेको हो । 

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । 

‘फोहरको उचित व्यवस्थापन गरौँ तर फोहर जलाउने काम नगरौँ । कसैले फोहर जलाउने काम गर्ने गरेको छ भने त्यसलाई निरुत्साहित गरौँ र बन्द गर्न लगाऔँ’, मन्त्रायले विज्ञप्तिमा भनेको छ । 

घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र कोभिड–१९ का लागि तोकिएका जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि मन्त्रालयको आग्रह छ । 

मन्त्रालयले धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ सवारी साधन नचलाउन पनि आग्रह गरेको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • राम प्रसाद अधिकारी

    March 26, 2021, 10:35 p.m.

    यो काठमांदौ सहर राजधानी भन्न नी लाजलाग्दो । घरै घरको जंगल । रुख बिरुवा देख्न रहर लग्ने भो । एक ईन्च पनि जग्गा नछोडी घर बनाउने काठमान्डौ बासीले सास फेर्न कसले रोपेको रुखसँग अक्सिजन किन्ने हुन? यहाका नगर पालिकाहरुलाई एक घर एक रुख अभियान चलाएको भए आजको दिन देख्न पर्ने थिएन।

  •  0 Reply

तपाईको प्रतिक्रिया