प्रधानमन्त्री ओली र सभामुख सापकाेटाबीच भेटवार्ता

 चैत १५, २०७७ आइतबार १५:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ ।

लामो समयदेखि प्रधानमन्त्री र सभामुखबीच छलफल हुन सकेको थिएन । केही समयअघि प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया भनेर आरोप लगाएपछि सभामुख पनि प्रधानमन्त्रीसँग रुष्ट हुनुभएको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया