एसियाली खेलकुद : फितलो व्यवस्थापन, दर्शक र खेलाडीका आलोचनाले सडकका भित्ता भरिए

 भदौ ५, २०७५ मंगलबार १३:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डोनेसियाको राजधानी जाकार्ता र पालेम्बाङमा एसियाली खेलकुदको महाकुम्भ जारी छ ।

तीन दिन अघि जाकार्तामा भव्य रुपमा प्रतियोगिताको उद्घाटन भयो । तर त्यहाँको कमजोर व्यवस्थापनले खेलाडीसँगै खेल हेर्न आउने दर्शकले प्रत्यक्ष रुपमा अनुभव गरेका छन् । जाकार्तास्थित गेलोरा बुङ् कार्नो स्टेडियमका भित्री सडकका भित्ताहरु खेलाडी तथा दर्शकको आलोचनाले भरिएको छ । यो आलोचना विषेश गरी शहरको यातायात व्यवस्थापन प्रति लक्षित छ ।

आठ महिना अघि ओलम्पिक काउन्सिल अफ एसियाले आयोजनास्थलको दुई दिने निरीक्षण गरेको थियो । तर निरीक्षण टोलीले सबै कुरा राम्रो रहेको भन्दै ‘ग्रीन सिग्नल’ दिएको थियो ।

सर्वसाधारणको यातायातमा प्रयोग हुँदै आएका नगर बस खेलाडीलाई एकबाट अर्को स्थानमा लैजान प्रयोग गरिएको छ । आयोजनास्थल वरपर निश्चित पास भएका व्यक्तिलाई मात्र निजी सवारी साधन हाँक्न अनुमति दिइएको छ ।

एक स्थानबाट अर्को स्थानमा जाने खेलाडीले अनलाइन दर्ता गर्न पर्दछ । तर दर्ता गर्दा पनि लामो समय कुर्नु परको गुनासो खेलाडीको छ । बस स्टपको लामो लाइनका कारण खेल सुरु भएको आधा घण्टापछि खेल स्थलमा पुगेको केही दर्शकहरुको गुनासो छ ।

एसियाली खेलकुदमा ४५ राष्ट्रका १३ हजार खेलाडी अहिले जाकार्ता र सुमात्रा टापुको पालेम्बाङमा छन् । ४० खेल समावेश एसियाली खेलकुदमा ६७ विधामा प्रतिस्पर्धा भइरहेको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया