बोल्टको म्यानचेस्टर युनाइटेड सपना साकार होला ?

 भदौ ५, २०७५ मंगलबार १३:२६:२६ | रासस
unn.prixa.net

विश्वकै सर्वाधिक तीव्र गतिका धावक उसैन बोल्टको म्यानचेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा हुने छाँटकाट देखिएकाे छ ।

यी प्रतिभाशाली धावक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्लबमा आवद्ध भएर पहिलो पटक तालिममा सहभागी भएका छन् । 

यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लिगमा रहेको म्यारिनर्स टीमले बोल्टलाई अनुबन्ध गरेको हाे । 

उनको बल नियन्त्रण कला राम्रै देखियो, र उनले देब्रे खुट्टा बढी चलाएको पाइयो ।

‘यो एथ्लेटिक्सको ट्राक एन्ड फिल्डजस्तै हो–पहिलो दिनको तालिम जोसुकैलाई कडा नै हुने गर्दछ । कति मेहनत गर्नुपर्ला भन्ने त बिस्तारै थाहा हुन्छ । थाहा छ, मलाई ठीकै लाग्यो’, ४५ मिनेटको अभ्यासपछि बोल्टले भने । 

मङ्गलबार मात्र ३२औं जन्मदिन मनाएका यी सुपरस्टार एथ्लेटिक्स खेलाडीलाई म्यारिनर्सले अवसर दिएको थियो । बोल्टले यसअघि गएकाे वर्ष नै जर्मनी, नर्वे र दक्षिण अफ्रिकी टीममा रहेर फुटबल खेल्ने अभिरुचि देखाएका थिए तर सम्भव भएको थिएन । 

अक्टोबरको अन्त्यतिर शुरु हुने २०१८–१९ को सिजनमा ए–लिगको एक खेलाडीका रुपमा बोल्टले सहभागिता जनाउनेछन् । उनी आफूले चाहँदासम्म क्लबमै रहन सक्नेछन् । 

सिड्नीबाट ७५ किलोमिटर उत्तरमा रहेको गस्फोर्ड सहरसम्म ७० भन्दा बढी पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ जीवनको रिपोर्टिङ गर्न पुगेको थियो ।

आठ पटकका ओलम्पिक च्याम्पियन र पृथ्वीकै सबैभन्दा तीव्र गतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउने बताउँदै भने, ‘ममाथि शङ्का गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मैले अहिल्यै कुनै लक्ष्य तोकेको छैन, र मेरो ध्यान केबल फूटबलमा छ ।’

बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुइवटा स्वर्ण पदक जितेका थिए । त्यसपछि उनले छ वटा ओलम्पिक स्वर्ण पदक जिते र ११ वटा अन्तर्राष्ट्रिय उपाधि जिते । त्यसपछि एथ्लेटिक्सबाट सन्यास लिए र फूटबल खेल्ने इच्छा देखाए । 

उनको फूटबलप्रतिको मोह स्कुल पढ्दादेखिकै हो, र त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा पनि देखिन थाले । म्यारिनर्समा पनि उनी अगाडिको पंक्तिबाटै खेल्न चाहन्छन् । बिजुली चम्केझैं दौडिन सक्ने बोल्टलाई प्रशिक्षकले मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भने उनलाई पनि थाहा छैन । 

‘मलाई त मैदानको दायाँबायाँ ठीक लाग्छ, प्रशिक्षक माइक मल्भीसँगै रहेका बोल्टले बताए । प्रशिक्षक मल्भीले बोल्ट केही आत्तिएको बताउँदै भने, ‘यो त उनको पहिलो दिन हो । उनी विश्वकै राम्रा एथ्लेटिक्स खेलाडी हुन् र उनी यहाँ आउँदा हामी औधी खुशी छौं ।’

‘सबैको चाहना राम्रो फुटबल खेलाडी हुने, र ओल्ड ट्राफोर्ड म्यान्चेस्टर युनाइटेड मा खेल्ने हुन्छ । मैले पनि ठूलै कुरा प्राप्त गर्ने सपना बुनिरहेको हुन्छ’, उनले बताए ‘मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यान्चेस्टर युनाइटेडबाट खेल्नु हो, चाहे त्यो पाँच होस् वा एक खेल किनभने म म्यान यू को ठूलो फ्यान हुँ ।’ 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया