एसियाली खेलकुद : ५० मिटर फ्रीस्टाइल पौडीमा शिरीष गुरुङ हिट चरणबाटै बाहिरिए

 भदौ ५, २०७५ मंगलबार १५:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

जाकार्ता  – इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा शिरीष गुरुङ पुरुष ५० मिटर फ्रीस्टाइलमा हिट चरणबाट बाहिरिएका छन् ।
 
शिरीष आफ्नो हिटमा तेस्रो भए पनि दोस्रो चरणमा पुग्न सकेनन् । शिरीषले २६.३३ सेकेन्डमा दूरी पूरा गरेका थिए । ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । अब शिरीषले दुई स्पर्धामा खेल्ने छन् ।
 
यो स्पर्धामा शिरीषको नाममा २५.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । जुन उनले तुर्कमिनिस्तानको अस्कावादमा भएको एसियन इण्डोर तथा मार्सल आर्टस गेम्समा बनाएका थिए ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया