दाङमा बस दुर्घटना, दुई जनाकाे ज्यान गयाे

 चैत २०, २०७७ शुक्रबार २०:२५:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा शुक्रवार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दाङको तुलसीपुरदेखि भालुवाङका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बास लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ । दुर्घटना २७ यात्रु घाइते भएका छन् । दुर्घटना ज्यान गुमाउनेकाे पहिचान भइसकेकाे छैन ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घाइतेहरूलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया