रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै – पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा नेकपा एमालेको खनाल–नेपाल पक्षको अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले साेमवार काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।
अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले बबरमहलमा रहेको नेपाल नेपाल आयल निगमको कार्यालय अगाडि र नेविसङ्घ आबद्ध विद्यार्थीहरूले त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका हुन् ।
त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इँटा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो ।
अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले मूल्यवृद्धिबाट लाखौँ विद्यार्थी मात्रै नभइ आम नागरिकलाई समस्या पर्ने भएकाले यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्र–पन्ध्र दिनमा मूल्य समायोजन गर्ने व्यवस्था अनुरूप मूल्यवृद्धि गरिएको बताउनुभयो । यद्यपि विद्यार्थीहरूको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत उहाँले बताउनुभयो ।
निगमले आइतवार (गए) रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ बढाएको थियो । नयाँ बिक्री मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय २० र डिजल तथा मट्टीतेल प्रतिलिटर समान एक सय तीन रुपैयाँ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।