पाकिस्तानी दूतावासद्वारा ५५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण

 चैत २३, २०७७ सोमबार १९:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा रहेकाे पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दूतावासले सोमवार एक कार्यक्रमको आयोजना गरी पाँच सय ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो । 

नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेका जेहनदार विद्यार्थीहरूलाई १०/१० हजार रुपैयाँका दरले दूतावासले छात्रवृत्ति हस्तान्तरण गरेकाे हाे । विद्यार्थीहरूको पढाइमा सघाउ पुगोस् भनेर दूतावासले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । 

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहले छात्रवृत्ति सहयोग जस्तो कार्यक्रमले नेपाल र पाकिस्तानी सरकारको सम्बन्ध नागरिककाे तहमा पुग्ने विश्वास लिइएको बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया