एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुस ४, २०८१ बिहिबार
रसुवा – गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलको लागि मूल्य सूची निर्धारण गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलका लागि मूल्य सूची निर्धारण गरिएको हो । धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएपछि निकुञ्जले मूल्य सूची निर्धारण गरेको हो ।
खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक पाँच सय ५० एवं सुतेको प्रतिबेड एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ ।
यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको पाँच सय र सुतेको नाै सय रुपैयाँ एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको चार सय ५० एवं सुतेको आठ सय रुपैयाँ दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।
निकुञ्जले दालभात, चाउचाउ सुप, दुध चिया, कालो चिया, टिबटेन रोटी, पेनकेक, पकाएको अण्डा, अण्डा अमलेट, चाउमिन, लसुन सुप तथा अज्य सुप, तातोपानी, बोतलको पानी, कोक फेन्टा र कफीको मूल्य निर्धारण गरेको छ । साथै बास बस्नका लागि प्रति बेडको हिसाबले मूल्य तोकिएको छ । निकुञ्जले दिएको जानकारी अनुसार पदमार्गको घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ ।
धुञ्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन् । जसमा ‘क’ वर्गको २, ‘ख’ वर्गको ८ र ‘ग’ वर्गको ३ वटा छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गामा निर्माण भएका होटल लज तथा चिया पसलले तोकिएको मूल्य भन्दा बढी लिएको पाइएमा कारबाही गरिने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । अहिले तोकिएको मूल्य २०७८ चैत मसान्तसम्म कायम हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।