बेइजिङ बन्यो सबैभन्दा धेरै अर्बपति बस्ने सहर, विश्वमा हरेक १७ घण्टामा एक अर्बपति थपिँदै

 चैत २६, २०७७ बिहिबार १८:६:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको राजधानी बेइजिङ संसारकै धेरै अर्बपति बस्ने सहर बनेको छ । फोर्ब्स पत्रिकाको नयाँ रिपोर्टअनुसार अमेरिकाको न्युयोर्कलाई पछि पार्दै बेइजिङ सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो ।

गएको वर्ष बेइजिङमा ३३ जना अर्बपति थपिएर एक सय जना पुगेका छन् । न्युयोर्कमा भने ९९ जना अर्बपति रहेको फोर्ब्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस्तै कुल अर्बपतिको सङ्ख्यामा पनि चीनले अमेरिकालाई पछ्याइरहेको छ । अहिले अमेरिकामा सात सय २४ जना अर्बपति रहेका छन् भने चीनमा ६ सय ९८ जना रहेका छन् ।

भारत भने अर्बपतिकाे सूचीमा तेस्राे स्थानमा छ । भारतमा एक सय ४० अर्बपति छन् ।

कोरोना महामारीका बाबजुद पनि चीनको अर्थतन्त्र लयमा फर्किएको, प्रविधिसँग सम्बन्धित कम्पनी र शेयर बजारसमेत अघि बढेपछि अर्बपतिको सङ्ख्या पनि थपिएको हो ।

गएकाे वर्ष चार सय ९३ जना नयँ व्यक्ति अर्बपतिकाे सूचीमा समावेश भएका हुन् । फोर्ब्सका अनुसार विश्वमा हरेक १७ घण्टामा एक नयाँ व्यक्ति अर्बपतिको सूचीमा थपिने गरेका छन् ।

एमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत जेफ बेजाेस लगातार चार वर्ष विश्वकाे सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएकाे वर्षमा उनकाे सम्पत्ति ६४ अर्ब डलरबाट बढेर एक सय ७७ अर्ब डलर भएकाे छ ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया