‘सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता पुगेको छैन’

 चैत २७, २०७७ शुक्रबार १५:२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालत बार एसाेसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको छ ।

न्याय परिषदबाट गएकाे फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस सुवेदीको योग्यता नपुगेको बार एसाेसिएशनले बताएकाे छ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन उच्च अदालतमा न्यायाधीशका रूपमा पाँच वर्ष काम गरेको हुनुपर्ने तर सुवेदीको हकमा तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेको देखिएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताउनुभयो ।

‘संविधानकाे धारा १२९ (५) मा कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतकाे मुख्य न्यायाधीश वा न्यायाधीशकाे पदमा कम्तीमा पाँच वर्ष काम गरेकाे नेपाली नागरिक सर्वाेच्च अदालतकाे न्यायाधीशकाे पदमा नियुक्तिका लागि याेग्य मानिनेछ भन्ने व्यवस्था गरिएकाे छ । सम्मानित सर्वाेच्च अदालतकाे मुख्य रजिस्ट्राकाे पदमा तत्काल कार्यर रहेकाे अवस्थामा नहकुल सुवेदीकाे उच्च अदालतकाे मुख्य न्यायाधीशका रूपमा मिति २०७४/०९/२५ मा नियुक्ति भएकाे देखिन्छ । न्याय परिषदबाट मिति २०७७/११/२८ मा सिफारिस गर्दाका मितिसम्म उहाँले मुख्य न्यायाधीशकाे पदमा रहेर तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेकाे देखिन्छ’, विज्ञप्तिमा भनिएकाे छ । 

बार एसाेसिएशनले न्याय परिषद् र संसदीय सुनुवाइका सभापतिको ध्यानाकर्षणसमेत गरेको सर्वोच्च बारले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया