थप तीन सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि : अवस्था असामान्यतिर

 चैत २८, २०७७ शनिबार १६:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो परीक्षण गरिएका कुल नमूनाकाे नौ दशमलव ५४ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण गरिएको नमूनामध्ये पाँच प्रतिशत भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा अवस्था असामान्यतिर गएको मानिन्छ । आज थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ ।

यस्तै एक सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार आठ सय ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । अहिले नेपालमा दुई हजार आठ सय जना सक्रिय सङ्क्रमित रहेका छन् । 
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया