६ महिनामा २ सय किलोमिटरभन्दा धेरै सडक कालोपत्र
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – कैलालीको गोदावरीमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा हिजो बेलुका आमा मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
दुई जनाको शव घरमै भेटिएको हो । मिराका श्रीमान् रोजगारीका लागि भारतमा रहेका र घटनाका बेला सासूआमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।