माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने

 माघ २५, २०८१ शुक्रबार १२:५४:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ शुरू गर्ने भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गर्नुभएको हो ।

फ्लोटिङ्ग सोलार परियोजना सौर्य प्यानलहरू पानीको सतहमा रहने र जलस्रोतको प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो ।

माल्दिभ्सको सरकारले यस वर्ष विदेशी लगानीकर्तालाई विशेष आर्थिक क्षेत्र विकासमा अनुमति जारी गर्ने योजना बनाएको छ ।

राष्ट्रपति मुइज्जुले फ्लोटिङ्ग सोलार परियोजनाले देशको गैरनवीकरणीय ऊर्जा स्रोतमा निर्भरता घटाउने र एक सय मेगावाट सौर्य ऊर्जा राष्ट्रिय विद्युत् ग्रिडमा थप्ने लक्ष्य लिएको समेत बताउनुभएको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया