गृहले भन्याे, ‘विभूषण पोहोर नै छापिएकाले ‘चुच्चे नक्सा’ नदेखिएको हो’

 चैत २८, २०७७ शनिबार १८:३६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई दिइएका विभूषणमा नयाँ नक्सा अंकित नभएको विषयमा आएका प्रतिक्रिया र समाचारको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्नुभएका विभूषणमा लिम्पियाधुरा तथा लिपुलेक समावेश नभएको पुरानै नक्सा रहेको भन्दै आलोचना भएपछि गृहले विभूषणहरु पोहोर नै छापिइसकेकाले नयाँ नक्सा राख्न नपाएको जनाएको छ ।

संविधान दिवसको अवसरमा २०७६ सालको असोज तीन गते घोषणा भएको विभूषण २०७७ सालको वैशाख एक गते वितरण गर्ने योजना अनुसार छापिएको र विभूषण छाप्दाको बेला नयाँ नक्सा जारी गर्ने निर्णय भइनसकेको गृहले प्रष्ट पारेकाे छ ।

कोरोनाको महामारीका कारण २०७७ सालको वैशाख एक गते दिइने विभूषण अहिले मात्रै दिइएको गृहको भनाइ छ । प्रशासनिक नक्सा जारी भइसकेपछिका विभूषणमा भने नयाँ नक्सा नै रहने गृहले जनाएको छ । 


 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Ranjit Kumar Singh

    April 11, 2021, 1:36 p.m.

    नेताले पाउने कुरा तु को तु परिवर्तन हुन्छ। यसमा ढिलाई किन?

  •  0 Reply
  • महेन्द्र भट्टराई

    April 10, 2021, 8:39 p.m.

    के पाँच क्लासे बिद्यार्थि जस्तो कुरा गरेको नेपाल सरकारले! बिभुषणमा नेपालको औपचारिक नक्सा राख्ने हो कि पहिले छापिसकेको भनेर रद्द भइसकेकोलाई आधिकारिक मान्यता दिने? यो भरतिय र बिद्रोही चरित्र भएन र?

  •  0 Reply

तपाईको प्रतिक्रिया