देउवा र पौडेल उपस्थित नभएपछि कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

 चैत २९, २०७७ आइतबार १९:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष सकिएको छ । आइतवार केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकमा सरकार गठनको विषय र साेमवार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने योजना रहे पनि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित नहुँदा महतपूर्ण विषयमा निर्णय हुन सकेन ।

देउवा र पौडेल कार्य व्यस्ततालाई कारण देखाउँदै बैठकमा उपस्थित हुनुभएन । तर साेमवारकाे केन्द्रीय समितिको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजनबारे छलफल गर्ने सामान्य एजेन्डा तय गरिएको नेताहरूले बताएका छन् ।

नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले जनता समाजवादी पार्टीको खास निर्णय कुरिरहेको छ । जसपाले भने आफूहरु छलफलमै रहेको बताउँदै आएको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया