हेटौँडामा करेन्ट लागेर दम्पतीको ज्यान गयाे

 चैत ३०, २०७७ सोमबार १२:१९:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडामा करेन्ट लागेर दुई जनाको ज्यान गएकाे छ ।

ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो 

उनीहरुलाई घरमा रहेको तारलाई फलामको डण्डीले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन पुगी करेन्ट लागेको हाे । दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारको क्रममा ज्यान गएकाे हाे । 

हेटौँडा अस्पतालका डाक्टरले उनीहरुलाई मृत घोषणा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया