‘उत्तर कोरियाले अझै मिसाइल कार्यक्रम रोकेको छैन’

 भदौ ६, २०७५ बुधबार ९:९:१ | एजेन्सी

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले अझै आणविक कार्यक्रम जारी राखेको बताएको छ ।

संयुक्त राष्ट्रसंघको आणविक कार्यक्रम हेर्ने ‘अटोमिक वाचडग’ एजेन्सीले उत्तर कोरियाले अझै आणविक कार्यक्रम रोक्ने काम नगरेको बताएको हो । सोमबार सार्वजनिक गरिएको इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीको रिपोर्टले प्रत्यक्ष पहुँच नभए पनि स्याटेललाइटबाट लिइएको तस्बीरबाट उत्तर कोरियाको आणविक क्षेत्रहरुको निगरानी भइरहेको जनाएको छ ।

रिपोर्टले उत्तर कोरियाको याङब्योन न्युक्लियर सेन्टिफिक रिसर्च सेन्टरमा आणविका विकासका गतिविधि गरिरहेको बताएको छ । अमेरिकाका विदेशमन्त्री माइक पम्पियोले गएको जुलाईमा उत्तर कोरियाले अझै आणविका कार्यक्रम सञ्चालन गरिरहेको बताएका थिए ।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्था रेउटर्ससँगको अन्तर्वातामा आणविका कार्यक्रम स्थागित गर्न उत्तर कोरियाका नेता किमसँग अर्को वार्ता हुने बताएका थिए । तर उनले बार्ता कहाँ र कहिले हुन्छ भनेर खुलाएका थिएनन् । अन्तरवार्तामा ट्रम्पले आफूले उत्तर कोरियाको आणविका कार्य रोक्ने बताएका थिए ।

गएको जुनमा सिंगापुरमा भएको राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीचको बार्तापछि उत्तर कोरियाले आणविक कार्य रोक्ने बताएको थियो । उत्तर कोरियालाई आणविक कार्य रोक्न दवाव स्वरुप अन्तर्राष्ट्रिय नाकाबन्दी समेत लगाइएको छ । 
 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया