ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा सर्लाहीमा दुई जनाको ज्यान गयाे

 चैत ३१, २०७७ मंगलबार १८:२५:५६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको वाग्मती नगरपालिका ८ शङ्खरपुरमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । 

मङ्गलवार दिउँसो ज १ त १५७४ नम्बरकाे ट्र्याक्टर र बीआर ३० एम ३४५२ भारतीय नम्बर प्लेटकाे मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका १५ पिप्राभित्ताका ५० वर्षीय भिखारी साह र मोटरसाइकलको पछाडि रहेका भारतीय नागरिक प्रकाश सहनीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

वाग्मती नदीबाट बालुवा लिएर आउँदै गरेको ट्र्याक्टरसँग मोटरसाइकल ठाेक्किएकाे स्थानीयले बताएका छन् । दुर्घटनामा ज्यान गुमाउने दुवै जनाकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक फरर रहेका प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया