लाङटाङ राष्ट्रिय निकुञ्जकाे थप पाँच ठाउँमा निकुञ्ज सुरक्षा पोस्ट स्थापना गरिने

 वैशाख १, २०७८ बुधबार २०:२८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्जकाे थप पाँच ठाउँमा निकुञ्ज सुरक्षा पोस्ट स्थापना गरिने भएको छ । अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसँग निकुञ्जको सीमा जोडिएकाले थप पोस्ट स्थापना गर्न लागिएको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभयो । 

वनजन्य सामग्रीको अवैध ओसारपसार नियन्त्रण गरेर दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण गर्नका लागि यसले सहयोग पुर्‍याउने मन्त्री आलेकाे भनाइ छ । 

२६ औँ वन्यजन्तु सप्ताहको अवसरमा निकुञ्जमा आयाेजित कार्यक्रममा बोल्दै मन्त्री आलेले निकुञ्जमा थप सुरक्षा पोस्ट आवश्यक देखिएकाले महानिर्देशकलाई व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । 

यसका लागि आवश्यक पर्ने स्रोत र साधनका लागि अर्थ मन्त्रालयसँग बजेट माग हुने छ । अहिले निकुञ्जमा नेपाली सेनाका १५ र राष्ट्रिय निकुञ्जका १७ वटा पोस्ट रहेका छन् । 

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले कार्यालयमा पर्याप्त कर्मचारी नभएको, स्रोत र साधनको अभाव भएको, भौगोलिक विकटतालगायतका समस्याबारे जानकारी गराउनुभयाे । कार्यक्रममा मन्त्री आलेले निकुञ्जले निर्माण गरेको पर्यटन सूचना केन्द्रको उद्घाटन गर्नुभएको थियाे ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया