अब जग्गाको नक्सा आफैँ प्रिन्ट गर्न सकिने

 वैशाख २, २०७८ बिहीबार ७:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आजदेखि काठमाण्डौ उपत्यकाका विभिन्न ८ वटा नापी कार्यालयमार्फत जग्गाको नक्सा अनलाइनबाटै प्रिन्ट गर्न सकिने भएको छ ।

देशभरका १२६ कार्यालयबाट प्रदान गरिने सेवालाई क्रमिक रुपमा प्रविधिमैत्री, छिटो र प्रभावकारी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको नापी विभागले जनाएको छ ।

घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनी नापी कार्यालय धाउन नपर्ने गरेर अनुकूल ठाउँबाट नक्सा प्रिन्ट गर्न मिल्ने प्रणाली विकास गरिएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताउनुभयो ।

अनलाइन प्रणाली ‘मेरो कित्ता’ मार्फत सेवाग्राहीले सेवा लिन सक्ने उहाँको भनाइ छ । नक्सा, प्लट रजिष्टर, फिल्ड रेखाङ्कन निवेदनलगायत सेवा अनलाइनबाटै पाइने प्रणाली ‘मेरो कित्ता’ को आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया