काठमाण्डौ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

 वैशाख २, २०७८ बिहीबार ७:५०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

काठमाण्डौको माकलबारीमा गएराति बा ७० प ८९८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको छ ।

काठमाण्डौको अत्तरखेल बस्ने सिरहाका २२ वर्षका सोनाम मुखियाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै भक्तपुरको राधेराधे नजिकै गएराति बा ५३ प ६९३८ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने व्यक्तिको ज्यान गएको छ ।

मोटरसाइकल पछाडि रहेका काभ्रेको धुलिखेल नगरपालिका १० का ३२ वर्षका महेश शाह ठकुरीको भक्तपुरको थिमिमा रहेको मध्यपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

चालक २२ वर्षका महेन्द्र शाह ठकुरीको अहिले मध्यपुर अस्पतालमै उपचार भइरहेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया