रसुवामा टिप्पर दुर्घटनामा परि दुई जनाको ज्यान गयाे

 वैशाख २, २०७८ बिहीबार ८:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा गएराति टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

रसुवाको कालीका गाउँपालिका-२ स्याउबारीमा भएको दुर्घटनामा गाउँपालिका-१ राम्चेका २५ वर्षीय गाडी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय ग्राङ प्राविका प्रधानाध्यापक राजेन्द्र तामाङको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा वाग्मती प्रदेश ०१-००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हाे ।​ 

दुर्घटना भएपछि दुई जनालाई रसुवा अस्पताल ल्याइएको थियो । उनीहरूको उपचारको क्रममा ज्यान गएकाे हाे ।

टिप्परमा कालीका गाउँपालिका-१ का वडाध्यक्ष मालफुर्पा तामाङसहित तीन जना रहेका प्रहरीले जनाएको छ । 

दुर्घटनापछि बेपत्ता भएका वडाध्यक्ष तामाङ खाेजीपछि फेला पर्नुभएकाे प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनु भएकाे छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया