इद मनाउने क्रममा महोत्तरीमा झडप, दुई राउण्ड अश्रु ग्यास प्रहार

 भदौ ६, २०७५ बुधबार १०:४४:२७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको लोहारपट्टिमा इद मनाउने क्रममा झडप हुँदा १० जना घाइते भएका छन् ।

बुधबार बिहान लोहारपट्टि नगरपालिका वडा नम्बर ३ मा पर्ने मदरसामा नवाज पढ्नको लागि जम्मा भएको समयमा भएको झडपमा परि १० जना घाइते भएका हुन् । झपडमा परिणत हुँदा नवाज पढन गएका ४ महिला, ५ पुरुष र १ जना वालिका गम्भीर घाइते भएका छन ।

यसभन्दा अगाडि मंगलबार त्यो मदरसामा मौलवी (धर्मगुरु) राख्ने विषयमा स्थानीय बीचमा सहमति भएको थियो । तर बुधबार बिहान त्यसै विषयलाई लिएर एक समूहले अवरोध गर्दा विवाद शुरु भएको स्थानीयहरुले बताएका छन ।

स्थानिय राजपा र नेपाली कांग्रेसका पक्षधरले आ–आफना तर्फबाट त्यो मदरसामा मौलवी राख्ने विषयमा लामो समयदेखि विवाद कायम रहेको थियो ।

घाइतेहरुको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यता घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली पुगेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिनुभयो  ।

अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक शिव खत्री नेतृत्वको टोलीले नवाज पढाउने कार्य जारी रहेको छ ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बन्न लागेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

3 Comments

  • jagat

    Aug. 22, 2018, 12:49 p.m.

    हामी नेपाली सबै धर्म मान्नेहरुलाई कदर गर्नुपर्छ /

  •  0 Reply
  • Resham

    Aug. 22, 2018, 11:59 a.m.

    It is not bakar eid but butcher eid...

  •  0 Reply
  • Khurshid Alam

    Aug. 22, 2018, 11:43 a.m.

    यस्तो कुरा नेपालमा कहाँवाट शुरु भएछ ?

  •  0 Reply

तपाईको प्रतिक्रिया