गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

 बैशाख २, २०७८ बिहिबार ९:१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै- केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा कसर भइरहँदा यसको असर प्रदेशहरुमा पनि देखिन थालेको छ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार समस्यामा परेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जसपालगायत दलहरुले तत्कालै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी गरेका छन् ।

मुख्यमन्त्री गुरुङलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र सहमत भइसकेका छन् । आफू नेतृत्वको सरकार टिकाउन मुख्यमन्त्री गुरुङलाई तीन सांसदको मात्रै समर्थन भए पुग्ने भए पनि जनमोर्चाले साथ नदिँदा उहाँ समस्यामा पर्नुभएको हो ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले संसदीय दलका नेत कृष्णचन्द्र नेपालीलाई अघि सारेको छ । गण्डकी प्रदेशमा नेकपा एमालेसँग २८ सांसद रहेका छन् । नयाँ गठबन्धनसँग ३२ सांसद रहेका छन् ।

सम्भव भए आज नै र आज सम्भव नभए भोलिसम्ममा अविश्वास प्रस्ताव पेस गर्ने दलहरुको तयारी छ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया