भिटामिन 'ए' र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारकाे आग्रह

 वैशाख २, २०७८ बिहीबार ९:११:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बालबालिकालाई भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको हो ।

बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा अपनाएर सावधानीका साथ नजिकको वितरण केन्द्रसम्म लैजान पनि मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । पछिल्ला दिनहरुमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि मन्त्रालयले सचेत गराएको हो ।

आउँदो ६ र ७ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम हुँदैछ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया