जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द

 वैशाख २, २०७८ बिहीबार १२:४०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - प्युठानमा हिजो जीप दुर्घटनामा परि ज्यान गुमाएकाको शोकमा जिल्ला प्रशासन कार्यालय गुल्मी बन्द गरिएको छ ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, खरिदार ईश्वरी भण्डारी, यम लालपन्थी र चालक केशव कार्कीको जीप दुर्घटनामा ज्यान गएपछि प्रशासनले शोकमा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज कार्यालयको सबै कामकाज पूर्णरुपमा बन्द रहने र भोलिदेखि सोमवारसम्मका लागि शान्ति सुरक्षा र मुद्दा सम्बन्धीका कामकाजबाहेक अन्य सेवा बन्द हुने बताउनुभयो ।

हिजो गुल्मीको सदरमुकाम तम्घासबाट स्वर्गद्वारी दर्शनका लागि छुटेको लु १ ज १६५५ नम्बरको जीप प्युठान नगरपालिका-३ रुमाले नजिकै दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । घाइते भएका ७ जनाको काठमाण्डौमा उपचार भइरहेको छ भने एक जनाको प्युठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

अन्य चार जना भने सामान्य उपचारपछि घर फर्किएका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया