नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लाे तामाकोशीको काममा भइरहेको ढिलाइ सह्य नहुने बताउनुभएको छ । बिहीवार नापी कार्यालयबाट अनलाइन प्रणाली 'मेरो कित्ता' मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लाे तामाकोशीको काममा अस्वाभाविक रूपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सह्य नहुने बताउनुभएको हो ।
माथिल्लाे तामाकोशीको काममा दैनिक १३ करोड रुपैयाँ खर्च भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुचि बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।
काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपूर्ति बेहोर्नुपर्ने पनि उहाँले बताउनुभयो । ओलीले भन्नुभयो, ‘अत्यन्तै अस्वाभाविक ढङ्गले माथिल्लाे तामाकोशीको काममा ढिलाइ गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुचि बढाउनुपर्ने जस्तो देखेको छु । माथिल्लाे तामाकोशीको काममा भइरहेकाे ढिलासुस्ती अस्वाभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु, एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरूको यो ढिलासुस्ती हो या अरू केही हो, त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’
यसैबीच प्रधानमन्त्री ओलीले कोरोना भाइरसकाे सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सजग र सचेत हुनका लागि सबैलाई आग्रहसमेत गर्नुभयो ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।