नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रिय सभा गृहसँग जोडिएको सिटी मार्केटका एक सय १२ वटा पसललाई काठमाण्डाै महानगरपालिकाले बिहीवार सिलबन्दी गरेको छ ।
लामो समयदेखि विना सम्झौता सञ्चालन भइरहेका पसलमा बिहीवार सिलबन्दी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो ।
पटक–पटक सूचना प्रकाशित गर्दा पनि पसल नछाडेपछि बिहीवार सिलबन्दी गरिएको ज्ञवालीको भनाइ छ । अब सिटी मार्केटलाई भत्काएर सभा गृहकै रूपमा व्यवस्थित गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
नगरप्रहरी प्रमुख धनपति सापकोटाले पनि पसलेहरूलाई पटक–पटक सूचना दिँदा पनि नहटाएपछि बिहीवार प्रहरी र नगर प्रहरीले सिलबन्दी गरेको जानकारी दिनुभयो । पसल सिलबन्दी गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरेका थिए । प्रहरीले उनीहरूलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।