माओवादी केन्द्रले वाग्मती प्रदेश सभा बैठक चल्न दिएन

 बैशाख २, २०७८ बिहिबार १८:५३:५३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशकाे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवराेध गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो ।

माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएकाे छ । माओवादीले सदन अवराेध गरेको योसँगै लगातार चौथो पटक हो ।

‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी रहेको छ’, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भन्नुभयाे । उहाँले आफूहरूको माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी पनि दिनुभयाे । 

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहले समेत समर्थन जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया