नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले पहाडी केही क्षेत्रमा पानी परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
अहिले काठमाण्डौ उपत्यकासहित भोजपुर, ओखलढुङ्गा, धनकुटालगायत क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रि-मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनमा पानी पर्ने र घाम लाग्ने हुन्छ । हिजोदेखि प्रि-मनसुन सक्रिय भएकाले गएराति ठूलो हावाहुरीसहित चट्याङ्ग परेको थियो ।
अहिले पनि वर्षासँगै मेघगर्जन भइरहेको छ । भोलि पनि देशका पहाडी क्षेत्रको मौसम यस्तै रहने मौसमविद्को अनुमान छ ।
केही दिन प्रि-मनसुन सक्रिय रहने भएकाले हावाहुरी र चट्याङ्गसहित केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद्ले बेलुकापछि हावाहुरी चल्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।