नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रवार (आज) देखि सडक नाटक सुरु गरेको छ ।
‘करदातालाई दबाब दिएर नभइ सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने उद्देश्यले काठमाण्डाै महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडक नाटक’ सुरु गरेको हो ।
महानगरपालिकाले पहिलो चरणमा काठमाण्डाै महानगरपालिकाभित्रका वसन्तपुर, कालीमाटी, कलङ्की, चावहिल, गौशाला, नयाँ बानेश्वरलगायतका १० ठाउँमा सडक नाटक गर्न लागेको हो । शुक्रवार वसन्तपुर, कालीमाटी र कलङ्कीमा सडक नाटक भएको छ । सडक नाटकमार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ ।
काठमाण्डाै महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतःस्फुर्त रूपमा कर तिर्नुपर्छ भन्ने अभियानअन्तर्गत सडक नाटक मञ्चन गरिएको बताउनुभयो ।
कानुनमा करसम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के–कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडक नाटक गरिएको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले पहिलो पटक सडक नाटकमार्फत करसम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताउनुभयो । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र बिस्तारै सबै ठाउँमा नाटक गरिने बताउनुभयो ।
नाटकमार्फत करदातालाई कर तिर्नका लागि जागरुक गराउने मात्र नभइ तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।