सर्वाेच्चका लागि सिफारिस गरिएका दुई न्यायाधीश अनुमाेदित

 बैशाख ३, २०७८ शुक्रबार १७:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्काे संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डाक्टर कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । 

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले शुक्रवार (आजै) नै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया