२४ घण्टामा ८३६ जनामा काेराेना सङ्क्रमण, सक्रिय सङ्क्रमितकाे सङ्ख्या ५ हजार नाघ्याे

 वैशाख ३, २०७८ शुक्रबार १७:२१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा आठ सय ३६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ५५ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको १५ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार पाँच परीक्षणको पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा महामारीको जोखिमपूर्ण अवस्था मानिन्छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ सय २१ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित पछिल्लो २४ घण्टामा नौ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा दुई लाख ८२ हजार आठ सय ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ । अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय सङ्क्रमित छन् ।

थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया