नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
पर्वत – अग्ला र लामा झाेलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ । यही माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालीले रिसोर्टसहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काई ब्रिजकाे निर्माण सुरु गरेको छ ।
एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष विदुर पौडेलले बताउनुभयाे । 'कुश्माको चाक्लेडिलबाट सुरु हुने जिपलाइनले दुई पटक कालीगण्डकी नदी क्रस गर्ने हुँदा थप एड्भेन्चर हुन्छ', पौडेलले थप्नुभयाे, 'साउने बौरमा 'बिच' डिजाइनमा बन्ने रिसोर्टमा जिपलाइनको ल्याण्डिङ हुने भएकोले थप रोमाञ्चक हुनेछ ।'
११ करोड लगानी आँकलन गरिएको परियोजनामा यही वैशाखभित्र जिपलाइन सुरु गरिने र दोस्राे चरणमा एकै पटकमा चार जना खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्युमन स्लिङसट, सिसाको स्काई ब्रिज र स्विमिङ पुलसहितको रिसोर्ट निर्माण गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयाे । झन्डै ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आउँदाे दशैँसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बस्नेतले बताउनुभयाे ।
साथै कम्पनीले कालीगण्डकी नदीमा र्याफ्टिङसमेत सञ्चालन गर्ने योजना बनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।