प्रधानमन्त्री ओलीकाे आह्वानमा ११ बजे सर्वदलीय बैठक बस्दै

 बैशाख ४, २०७८ शनिबार ७:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।

बैठकमा हिउँदे अधिवेशनबारे पनि छलफल हुनेछ । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया