उद्योगपति गणेशभक्त शाखःको निधन

 बैशाख ४, २०७८ शनिबार १४:१३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योगपति गणेशभक्त शाखःको निधन भएको छ ।

प्रसिद्ध उद्योग शाखः ग्रुपका अध्यक्ष गणेशभक्त शाखःको ९४ वर्षको उमेरमा निधन भएको हो । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति  भक्तपुरका पूर्व कोषाध्यक्ष समेत रहनुभएका स्वर्गीय शाखःले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नु भएको छ । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया