ठूला सहरका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

 वैशाख ४, २०७८ शनिबार १६:२४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।   

आज बसेको बैठकले कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीले गरेको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • शैलेन्द्र पन्थी

    April 17, 2021, 4:54 p.m.

    सिफारिस गर्न लागेको धेरै भैसक्यो,दिनप्रतिदिन संक्रमण बढ्दो छ,९ सय सक्रिय बिरामी पुगेको थियो अब फेरि समाचार सुन्दा डर नै लाग्ने गरि ५-६ हजार सक्रिय बिरामी पुग्न लागिसके।अहिले लकडाउन नगरौं,पठनपाठान बन्द नगरौं संक्रमण धेरै नै बढेपछि बन्द गरौला भन्नुभन्दा बेलैमा होस पुर्याउदा उचित हुने देखिन्छ।स्वयं आफ्नो ख्याल राखौं,आफू बाचौँ-अरुलाई बचाउँं।

  •  0 Reply
  • Surya moktan

    April 17, 2021, 4:35 p.m.

    राम्रो निणय हो

  •  0 Reply

तपाईको प्रतिक्रिया