विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिदिन इरानका विदेशमन्त्र...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको छ । एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ७५ हजार तीन सय पुगेकाे छ । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् ।
यस्तै २४ घण्टामा काेराेना सङ्क्रमणबाट आठ जनाकाे ज्यान गएसँगै अहिलेसम्म काेभिड–१९ बाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार ८३ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।