संसद्लाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरियाे : सभामुख सापकाेटा

 वैशाख ५, २०७८ आइतबार १७:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो निष्ठालाई कसैले तोड्न नसक्ने बताउनुभएको छ । आइतवार काठमाण्डाैमा पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफ्नो विवेकले देश र नागरिककाे हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

शनिवार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाउनुभएको थियो । कार्यक्रममा बोल्दै सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसङ्ग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । कसैले काम गर्न अवरोध गरेर रोक्न खोजे पनि नरोकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संसद्लाई सार्वभौम बनाउन आफ्नो सम्पूर्ण समय लगाएको पनि बताउनुभयो । खास समयमा सभामुखको जिम्मेवारी पनि विशेष भएर आउने भन्दै सभामुख सापकोटाले नागरिककाे अभिमतलाई मान्य हुने गरी निर्णय गर्ने प्रष्ट पार्नुभयो ।

सङ्घीय संसद्लाई गतिशील बनाउन खोज्दा घेराबन्दी गरिएको सभामुख सापकाेटाले बताउनुभयो । संसद्को काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि उहाँकाे भनाइ छ । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको उहाँले बताउनुभयो । यसरी भ्रममा पारेर सँधै कसैलाई वशमा पार्न नसकिने सापकाेटाले बताउनुभयाे । 

संसदमा विचाराधीन विधेयकमा सभामुखले अवरोध गरेको आरोप लगाइएपछि सभामुख सापकोटाले प्रधानमन्त्री र एमसीसी शब्दको उच्चारण नगरि स्पष्टीकरण दिनुभएको छ ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया