पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

 वैशाख ५, २०७८ आइतबार १८:३४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकले स्वागत गरेका छन् । 

भारतको हरिद्वारमा आयोजना गरिएको कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह आइतवार दिउँसो स्वदेश फर्किनुभएको हो । उहाँको स्वागतमा समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

राप्रपा नेपालको नाममा 'नेपालमा स्वागत छ' लेखिएको ब्यानरलगायत अन्य विभिन्न समूहको छुट्टाछुट्टै ब्यानरसहित स्वागत गर्नका लागि समर्थकहरू विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट बाहिरिएलगत्तै पूर्वराजा शाहलाई पञ्चकन्याले सयपत्री फूलको मालाले स्वागत गरेका थिए । हातमा नेपालको झण्डा बोकेर उपस्थित भएका समर्थकहरूले राजाकाे समर्थनमा नारासमेत लगाएका थिए ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया