गृह मन्त्री थापाद्वारा शपथ ग्रहण

 वैशाख ५, २०७८ आइतबार १८:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेता रामबहादुर थापाले गृह मन्त्री पदको शपथ लिनुभएको छ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापाले शपथ ग्रहण गराउनुभएकाे हो ।

एमाले प्रवेश गर्नुभएका थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभा सदस्यबाट उहाँ पदमुक्त हुनुभएको थियो । पदमुक्त भएपछि पुनः शपथ लिनुपर्ने व्यवस्थाअनुसार गृह मन्त्री थापाले शपथ लिनुभएको हो । उहाँ अब राष्ट्रिय सभा सदस्य नरहेकाले ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउनुहुनेछ ।

आजको शपथ ग्रहण समारोहमा सभामुख अग्नि सापकोटा सहभागी हुनुभएन ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया