जिल्ला मालपोत कार्यालयका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाका पूर्व मेयर एवम् पूर्वमन्त्री प्रयागराज सिंह सुवालको ९३ वर्षको उमेरमा निधन भएको छ।
सुवालको हिजो आइतवार बेलुकी ७ः५५ मा आफ्नै निवास काठमाण्डाै ओमबहालमा निधन भएको हो। उहाँ लामो समयदेखि उच्च रक्तचाप र मृगौला सम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो।
अहिले बिहान १० बजेसम्म उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि ओमबहालमा राखिने स्थानीय ओलम्पस क्लबका अध्यक्ष एवम् वडा २३ को पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बताउनु भयो। त्यसपछि उहाँको आजै अन्तिम संस्कार गरिनेछ।
२०१० सालमा भएको काठमाण्डौ नगरपालिकाको पहिलो निर्वाचनमा सुवाल नगर उपसभापति (उपमेयर) मा निर्वाचित हुनु भएको थियो भने काठमाण्डौ नगरपालिकाको दोस्रो निर्वाचनमा सुवाल मेयरमा निर्वाचित हुनु भएको थियो । सुवाल २०३० सालमा नगेन्द्रप्रसाद रिजालको प्रधानमन्त्रीत्व कालमा यातायातमन्त्री बन्नुभएको थियो ।
राणा शासकले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मारेपछि राणाविरोधी आन्दोलनमा लाग्नुभएका सुवालले लामो समय जेलजीवन समेत बिताउनुपरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।