जिल्ला मालपोत कार्यालयका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै - सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेको काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ । यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ ।
रातिको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । यस्तै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ । यस्तै रङ्गशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Morange
April 19, 2021, 2:24 p.m.राम्रो काम सरकार को ।पार्टी प्यालेस पनि चादो बन्द गर्नु पर्छ ।