चुडाल र सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

 बैशाख ६, २०७८ सोमबार १४:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त गर्नुभएको छ ।

उच्च अदालत पाटनमा मुख्य न्यायाधीश रहनुभएका झापाका डाक्टर कुमार चुडाल र उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश रहनुभएका म्याग्दीका नहकुल सुवेदीलाई राष्ट्रपति भण्डारीले साेमवार (आज) सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति निकालेर न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले दुई न्यायाधीशलाई नियुक्त गरेको जानकारी गराउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया