विकास निर्माणका अधुरा परियोजना पूरा गर्ने प्रधानमन्त्री ओलीको ...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा एमालेले कर्णाली प्रदेशमा 'फ्लोर क्रस' गरेर माओवादीलाई समर्थन गर्ने प्रदेश सभा सांसद र उनीहरूलाई उस्काउनेसहित आठ नेतालाई दुई दिने स्पष्टीकरण सोध्ने भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले निलम्बनमा परिसकेका नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, कर्णाली प्रदेशका नेता प्रकाश ज्वालासहित चार जना सांसदलाई दुई दिने स्पष्टीकरण सोधेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
दुई दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए थप कडा कारबाही गर्ने पनि बैठकले चेतावनी दिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहले कर्णाली प्रदेशमा आफ्नै पार्टीको सरकार ढाल्ने काम गरेर अक्षम्य गल्ती गरेको बताउनुभएको थियो ।
आउँदो १० गते बस्ने बैठकमा उनीहरूमाथि थप कारबाही हुन सक्ने पनि ज्ञवालीले बताउनुभयो । यस्तै गल्ती गरेर पार्टीविरुद्ध लागेका नेताहरूलाई बैठकले क्षमायाचनासहित पार्टीमा फर्कन आग्रह गरेको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
यस्तै जुनसुकै बेला देश चुनावमा जान सक्ने भएकाले तयारी अवस्थामा रहन पनि बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यलाई निर्देशन दिएको छ । बैठकमा झलनाथ खनाल– माधवकुमार नेपाल समूह सहभागी भएन । तर नेपाल निकट मानिएका नेता विष्णु रिजाल सहभागी हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।