रिसाएकी गर्लफ्रेन्डसँग कसरी माफी माग्ने ?

 भदौ ६, २०७५ बुधबार १७:२१:१८ | एजेन्सी

सर्च इन्जिन गूगलमा ‘गर्लफ्रेन्डसँग कसरी माफी माग्ने’ भनेर खोज्यो भने साढे तीन करोडभन्दा बढी उत्तर पाउन सकिन्छ । 

उदाहरणका लागि, पहिलो माफी माग्नका लागि सफा नियत राख्नुहोस्, त्यसपछि आफ्नो कुरा राख्नुहोस् । गर्लफ्रेन्डको कुरा सुन्नुहोस् । समस्या समाधानका लागि समय लिनुहोस् । उपहार दिनुहोस् आदि, इत्यादि ।

जब भारतको महाराष्ट्रमा एक युवकले आफ्नो शहरमा तीन सय होर्डिङ बोर्ड लगाएर प्रेमिकासँग माफी मागे, थाहा छैन उनले कसैलाई पढेका थिए कि थिएनन् ।महाराष्ट्रको पुणे जिल्लामा एक जना २५ वर्षीय युवकले ‘शिवडे, आई एम सरी’ लेखेर होर्डिङ बोर्ड लगाएका थिए । 

ती युवकले जसरी भए पनि आफ्नी प्रेमिकालाई आफ्नो कुरा सुनाउन चाहन्थे । उनलाई आफ्नी प्रेमिकाको नाम वा उपनामा(शिवडे) लेखेर बोर्ड राख्दा युवतीको पहिचान खुल्ने हुँदा त्यसले पछि केही समस्या आउला कि भन्नेमा भने ध्यान पुर्याएनन् । 

युवकले गरेका कामका कारण उनको चर्चा समाचारपत्रसम्म पुग्यो, जसले होर्डिङ बोर्ड देखेका थिएनन्, जो त्यस शहर वा राज्यका बासिन्दा पनि थिएनन् । उनीहरुले पनि सञ्चारमाध्यमका तर्फबाट यो खबर थाहा पाए । 

अब प्रहरीले ती युवकसँग सोधपुछ गरिरहेको छ । ती युवतीले युवकलाई माफी दिइन् वा दिइनन् त थाहा छैन तर माफी माग्ने तरिकाका बारेमा भने बहस सुरु भएको छ ।

सार्वजनिक रुपमा प्रेमी–प्रेमिकासँग माफी मागिएको भने यो पहिलो पटक होइन । केही सेलिब्रिटीले यस्तै उपाय पहिले ने अपनाएका छन् । 

चर्चित गायक क्रिस ब्राउनले आफ्नी प्रेमिका रिहानासँग सार्वजनिक रुपमै माफी मागेका थिए । 

सन् २००९ मा क्रिस ब्राउनले रिहानालाई पिटेका थिए । त्यसपछि ब्राउनविरुद्ध घरेलु हिंसाको मुद्धा चल्यो । केही महिनापछि एउटा भिडियो जारी गर्दै ब्राउनले रिहानासँग माफी मागेका थिए । उनले आफूले पहिले नै रिहानासँग माफी माग्न चाहेको बताउँदै वकीलले मुद्धाको कारण देखाउँदै आफूलाई रोकेको बताएका थिए । 

भिडियोमा उनले रिहानासँग कैयौँ पटक व्यक्तिगत रुपमा माफी मागेको तर उनी नमानेको बताएका थिए । ब्राउनले सार्वजनिक रुपमै माफी माग्दै आफू रोल मोडल बन्न चाहेको बताएका थिए । 

माफी मुद्धा फिर्ताका लागि थियो कि ? रिहानाको मन जितेर रोल मोडल बन्नका लागि कि ? नियत के थियो ?

क्रिस ब्राउनले माफी पाएनन् । रिहानासँग पनि र कानुनी रुपमा पनि । उनलाई घरेलु हिंसामा दोषी पाइयो र सजाय दिइयो । 

शिग्गी डान्सले मागे माफी

यसै महिना इन्स्टाग्राम तथा युट्यूबमार्फत ‘शिग्गी डान्स’ बाट लाखौँ फलोअर्स जुटाइसकेका शिग्गीले आफ्नी प्रेमिकासँग सार्वजनिक रुपमै माफी मागे । 

एउटा भिडियो सार्वजनिक गर्दै शिग्गीले अरु युवतीसँग सम्बन्ध राखेकोमा माफी मागेका थिए । शिग्गीले प्रेमिकासँग माफी त मागे तर आफ्नै प्रशसंकले भने उनको आलोचना गरे । कतिपय प्रशसंकले शिग्गीले माफी माग्नुभन्दा आफ्नो पुरुषत्व देखाएको भन्दै आलोचना गरेका थिए । 

सेलिब्रिटीले जब सार्वजनिक रुपमा माफी माग्छन् उनीहरुले सम्बन्धित व्यक्तिलाई फकाउन भन्दा पनि प्रशसंकबीच बिग्रिएको आफ्नो छवि सुधार्न चाहन्छन् । यदि नियत सही नै छ भने त्यो तरिका पनि गलत त होइन । 

संयुक्त राष्ट्र संघ वा अन्य कुनै अन्तर्राष्ट्रिय संघसंस्थाले प्रेमिकासँग कसरी माफी माग्ने भन्ने मानक त तय गरेको छैन । तर पनि कोही कुरै गर्न चाहेको छैन र पनि प्रयास गर्नु र जबरजस्ती बोल्न लगाउनुलाई भने के भन्ने  ?

यदि कसैले माफी दिएन भने त्यसलाई लाजको विषय मान्ने गरिन्छ । यदि माफी दिइहालियो भने पनि मनैदेखि नदिइएको माफी र देखावटी माफीको के काम ?

प्रेम र माफी भनेको कुरा ढोल पिटेर त पाइँदैन । माग्ने तरिका पनि सही नियतको हुनुपर्छ । आफ्नो गल्ती स्वीकार्न सक्नुपर्छ । अरुको कुरा सुन्न सक्ने नियत पनि राख्नुपर्छ । 

कुनै पनि गल्तीमा ‘आई एम सरी’ भन्नु अन्तिम प्रयास होइन, त्यो त पहिलो कदम मात्रै हो । त्यसपछि गल्ती नदोहोर्‍याउने र आफूले गरेका वाचा पूरा गर्नुपर्छ । 

–बीबीसी हिन्दीका लागि दिव्या आर्यको ब्लगको अनूदित अंश

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया