कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई

 वैशाख ७, २०७८ मंगलबार १२:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ ।

सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका सङ्क्रमित व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिकालाई नै दिने निर्णय गरेको हो ।

भारतलगायत देशबाट आएका व्यक्तिलाई नाकाबाट पालिकासम्म लैजाने र सामान्य लक्षण नभएका सङ्क्रमितको सम्बन्धित पालिकाले उपचार व्यवस्थापन गर्नुपर्ने निर्णय भएको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिनुभयो ।

प्रदेशमा रहेका कोरोना हब अस्पताल र सबै अस्पतालमा कोरोनाका बिरामीको उपचार व्यवस्थापनका लागि सबै तयारीमा रहनसमेत निर्देशन दिने निर्णय भएको उहाँले बताउनुभयो । अहिले भारतबाट कर्णाली फर्कने नागरिकहरु बढेकाले नाकामा जाँचमा कडाइ गर्ने र लक्षण नदेखिएका सङ्क्रमित व्यक्तिलाई सम्बन्धित गाउँपालिकामा सहजै पुर्याउन प्रभावकारी समन्वय र सहकार्यको भूमिका खेल्ने उहाँको भनाइ छ ।

कर्णालीका १० वटै जिल्लामा कोरोना रोकथाम र नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न सचेतना कार्यक्रम व्यापकरूपमा अगाडि बढाउने निर्णयसमेत भएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया