१९ वर्षमुनिको महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै
पुस २, २०८१ मंगलबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको उपचारका लागि राम्रो प्रबन्ध मिलाउन अस्पतालहरूलाई निर्देशन दिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले मङ्गलवार (आज) एक विज्ञप्ति निकालेर अस्पतालमा उपचारका लागि पुगेका बिरामीले सास्ती भोग्नुपरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रालयले कोरोनाको बढ्दो सङ्क्रमणसँगै अस्पतालहरूको नियमित तथा आकस्मिक सेवा प्रवाहमा नागरिकले सास्ती भोग्नुपरेको गुनासो आएकाले बिरामीको उपचारमा राम्रो व्यवस्था मिलाउन सबै अस्पताललाई निर्देशन दिएको हो ।
मन्त्रालयले अस्पताल आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पताल पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितताको समन्वय गरेर मात्रै पठाउन अस्पतालाई निर्देशन दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।