नेपालले दियाे थाइल्यान्डलाई ८२ रनकाे लक्ष्य
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – दुई दिन लगातार घटेको शेयर बजार मङ्गलवार (आज) भने सामान्य बढेको छ । नेप्से मङ्गलवार दुई दशमलव ६८ अङ्कले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको छ ।
मङ्गलवार बैंकिङ, निर्जीवन बीमा, लगानी र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । व्यापार समूहको शेयर ३४ अङ्कले बढेको छ, होटल तथा पर्यटन समूहको शेयर साढे एक अङ्कले, जलविद्युतको ३१ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, फाइनान्सको झण्डै पाँच, माइक्रो फाइनान्सको ६ र जीवन बीमा समूहको शेयर ५४ अङ्कले बढेको छ ।
मङ्गलवार दुई सय १६ कम्पनीका एक करोड २३ लाख कित्ता शेयर पाँच अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
युनाइटेड मर्दी हाइड्रो, महिला लघुवित्त, ज्योति लाइफ र हिमालय ऊर्जा विकास कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मङ्गलवार समृद्धि फाइनान्स, ओरियन्टल फाइनान्स र छ्याङ्दी जलविद्युत् कम्पनीको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bhuban pradhan
April 20, 2021, 5:16 p.m.Good